logo

स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने ढकालको प्रतिवद्धता

    390   पटक पढिएको


२७ मंसिर/अर्थ र व्यापार – नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले पूँजि बजारको नीतिगत सुधारमा र लगानीमैत्री वातावरण बनाउने कार्यमा यो नेतृत्व लाग्ने भन्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेकाले आगामी दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए ।
सरकारी नीतिगत झण्झटका कारण व्यवसायीले सरकारले ल्याउने हरेक बजेट र आर्थिक ऐन तथा विभिन्न नीतिगत परिवर्तनमार्फत समस्याहरु झेल्दै आएको जानकारी गराउँदै उनले अबको दुई बर्षमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याहरु सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गरिने दावी गरे ।
उनले अहिले नेपाली पूँजी बजार सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको भन्दै अबका दिनमा नेपाल धितोपत्र बोर्ड र सरकारसँगको सहकार्यमा मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभका साथै अन्य वित्तीय औजारहरु कार्यान्वनयमा ल्याउने पनि जानकारी दिए ।
यसैगरी, धितोपत्र दलाल व्यवसायीहरु लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमासमेत सक्षम भएको दावी गर्दै उनले अझै नेपालको पूँजी बजारलाई थप व्यवस्थित बनाउन आफुले सक्दो नीतिगत सुधारको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले अहिले लगानीकर्ताले २ वटा मात्र डिम्याट खाता खोली सेयर कारोबार गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा त्यसलाई हटाउँदै आवश्यकताको आधारमा खोल्ने पाउने व्यवस्थाका लागि पहल गरिने जानकारी दिए ।
हाल पूँजी बजार क्षेत्रमा हुने कारोबारमा देखिएको विकृति र विसंगतिको न्यूनीकरण सरोकारवाला निकायसँगको सहकार्यमा गरिने भन्दै उनले धितोपत्र दलाल व्यवसायीलाई हेर्ने नजरमा समेत परिवर्तन ल्याउनु आवस्यक भएको बताए । उनले धितोपत्र दलाल व्यवसायी कम्पनीका सेयरधनीलाई डिस्क्लोजर सहित आफ्नै संस्थाबाट सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायसँग पहल गरिने बताए ।
उनले अहिले ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जसमक्ष बैंक ग्यारेन्टी राखी त्यसको २५ गुणासम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा आगामी दिनमा यस्तो सीमालाई ५० गुणासम्म बनाउनकालागि सम्बन्धित निकायसँग लविङ गरिने जानकारी दिए ।
यसैगरी, अहिले नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायीक संस्थाको कार्ड बोकेर सिंहदरबार लगायत सरकारी निकायमा सहजरुपमा प्रवेश पाईरहेको भन्दै केही समयभित्र स्टक ब्रोकर एशोसिएशनले जारी गरेको कार्ड देखाएर त्यस्ता निकायमा सहजै प्रवेश गर्न पाउने व्यवस्था गरिने समेत जानकारी गराए ।
सो एशोसिएशनको ३०औं वार्षिक साधारणसभाबाट निर्वाचित भएका ९ सदस्यीय नयाँ कार्यसमितिले बिहीबार नै शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेका हुन् । सो साधारणसभाले एशोसिएशनको अध्यक्षमा सागर ढकाललाई निर्वाचित गरेको थियो । यसैगरी, एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका थिए । कार्यसमित सदस्यहरुमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल निर्वाचित भएका थिए ।
बिहीबार एसोसिएसनको सो साधारण सभामाबाट निर्वाचित भएका सबैलाई काठमाडौंमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो ।
एसोसियनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् भने कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । नवनिर्वाचित यस कार्यसमितिलाई निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले स्वागत गरेका थिए । नयाँ पदाधिकारीलाई अधिवक्ता वासुदेव रिजालले शपथ ग्रहण गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।