logo

सेयर बजारमा भारी अंकको गिरावट

    881   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६ सय ८९ विन्दुमा ओर्लिएको छ ।
सेयर बजारमा देखिएको भारी अंकको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन कुल ७ अर्ब ४६ करोडको ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएको थियो ।
कुल ३२१ वटा कम्पनीको सेयर कारोबार भएकोमा आइतबार जम्मा २७ वटा कम्पनीको मूल्य मात्र बढेको छ । २ सय १४ वटाको घटेको छ भने ३ वटाको स्थिर रह्यो । यसदिन सबै उपसमुहका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घटेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य १.८६ प्रतिशत , विकास बैंक १.०४ प्रतिशत , फाइनान्स १.८४ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १.८१प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसमुहको १.९८प्रतिशत , लगानी उपसमुहको १.३३ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको ०.३२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.५०प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.८३ प्रतिशत, अन्य उपसमुहको ०.८१ प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य २.१३ प्रतिशतले घटेको छ ।
यसदिन मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो । दिव्यश्वरी हाइड्रोको ७ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ६.८८ प्रतिशतले र सान्जेन जलविद्युत्को ६.६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।