logo

स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहद्धारा उम्मेदवारी घोषणा, २३ बुँदे प्रतिबद्धता सार्वजनिक

पुँजी बजारमा अत्यावश्यक वित्तीय एवं कारोबार औजारहरूमा सुधारात्मक पहल गर्ने ढकालको प्रतिबद्धता

    1075   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – स्टक ब्रोकर एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन गर्नका लागि अध्यक्षका प्रत्यासी उम्मेदवार सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एशोसिएसनको अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले विभिन्न २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनले पुँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटी डेरिभेटिभ लगायतमा सुधारात्मक पहल गर्ने, लगानी व्यवस्थापन सेवा, एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवा प्राप्तिका लागि पनि आफ्नो नेतृत्वको समुहले राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी, उनले धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज समक्ष बैंक ग्यारेन्टी राखी सो को २५ प्रतिशतसम्म कारोबार सीमा प्राप्त गरिरहेकामा त्यस्तो सीमालाई ५० गुणासम्म बनाउन पहल गर्ने, २० करोड रुपैयाँ पुँजी भएका धितोपत्र ब्रोकर्सले मार्जिन लेन्डिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि पहल गर्ने लगायत आफ्नो समुहको सामुहिक प्रतिबद्धता व्यक्त गरे । केही साता अघि मात्र दुईवटा संस्था एकआपसमा गाभिएर मर्ज भएको स्टक ब्रोकर एशोसिएसन अफ नेपालको बिहीबारबाट सुरु हुने ३० औं वार्षिक साधारण सभाबाट आगामी नयाँ नेतृत्व चयन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।