logo

एक वर्षदेखि सार्वजनिक निष्काशन ठप्प हुँदा झन्डै ४४ अर्ब रुपैयाँबढीको आईपीओ पाईपलाईनमा

    729   पटक पढिएको

 ७ मंसिर/अर्थ र व्यापार – विभिन्न कारण तथा बहानाबाजीले सबै प्रक्रिया पुरा भएरपनि एक वर्षदेखि सार्वजनिक निष्काशन (आईपीओ) ठप्प हुँदा ७७ वटा कम्पनी निष्काशन अनुमतिको पखाईमा रहेका छन् । नेपाल धितोपत्र बोर्डले करिब एक वर्ष यतादेखि आईपीओ निष्काशनको अनुमति नदिदाँ ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार रुपैयाँ बढीको आईपीओ निष्काशन ठप्प रहेको छ । पछिल्लो ९ महिना यतादेखि सार्वजनिक निष्काशनको सुचना समेत गोप्य राख्दै आएको धितोपत्र बोडले बुधबार पाईपलाईनमा रहेका कम्पनीको सुचना आप्mनो वेबसाईडमा राखेको छ ।

जस अनुसार पछिल्लो ९ महिनामै ४२ कम्पनी थपिएका छन् आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोड पुगेका छन् । गत २० फागुनसम्ममा यस्ता कम्पनीको संख्या ३५ रहेको थियो । यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।गत २० पुस २०८० मा अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले खुला आवेदन माग गरेको थियो । तर, एक वर्ष पुग्न लाग्दा पनि बोर्ड अध्यक्ष्यको टुंगो लाग्न सकेको छैन । बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ जना आवेदकलाई पटक पटक अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरू उपस्थित नहुँदा स्थगित हुँदै आएको थियो । गत २९ कात्तिकमा सेबोनमा उनीहरूको अन्तर्वार्ता भएको थियो । कृष्ण बहादुर कार्की, चिरञ्चिवी चापागाई र डा. नवराज अधिकारी छनोट सूचीमा परेका थिए ।

अर्थमन्त्रालयले उनीहरुलाई आगामी मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ । बोर्डमा यसअघि अध्यक्ष भएर अर्थ मन्त्रालयबाट गएका नरेन्द्र रानाले प्रिमियमा सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएका थिए । कारणबस उक्त आईपीओ विवादमा पर्यो । त्यसपछि बोर्डका अर्का कार्यकारी अध्यध्य महेश बरालले अन्य कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएका छैनन् ।करिब एक वर्षसम्म आईपीओ निष्काशनको अनुमति नपाउदा कम्पनीहरुलाई पुँजी जुटाउनै मुस्किल परेको छ ।

आईपीओ निष्काशनमा जान चाहाने अधिकांस कम्पनीमा जलविद्युत क्षेत्र रहेको छ । जसमा यो क्षेत्रका ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डले जनाएको छ ।

कुल ४४ अर्ब ७५ करोड ७६ लाख ३१५ रुपैयाँ बराबरको कुल ३१ करोड ७८ लाख ९३ हजार ३५६६ कित्ता सेयर निष्कासन हुने छन् । यीमध्ये अधिकांश कम्पनीले अंकित मूल्य १ सय नै प्रस्ताव गरिएको छ । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।जगदम्बा स्टिलले ३००, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले ५० रुपैयाँ, कैलाश हेलिकप्टरले ३२७ रुपैयाँ, अकामा होटलले प्रतिकित्ता ५०, शिवम् होल्डिङ्सले २१० रुपैयाँ तथा छायादेशी कम्प्लेक्सले ४०० रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । अझै केही कम्पनीहरु धमाधम आइपिओकालागि आवस्यक प्रक्रिया अघिबढाउने क्रममा छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।