logo

सेयर बजारमा हरियाली, सबै सूचक बढेर ५ अर्ब ३४ करोडको कारोबार

    814   पटक पढिएको

१२ कात्तिक/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार भने सेयर बजारमा हरियाली छाएर सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७ दशमलब ४१ अंकले बढेर २६ सय ४५ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
आइतबार नेप्सेसँगै सेन्सिटिभ सूचक ०.६८ प्रतिशतले बढेको छ । यसदिन सबै सेक्टरका सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएको थियो भने यसदिन ५ अर्ब ३४ करोड ४८ लाख ९सय १२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका कुल ३ सय ७ वटा कम्पनीहरु मध्ये २ सय १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । २८ वटा कम्पनीको सेयर मुल्य घट्यो भने २ वटाको स्थिर रह्यो ।
यसदिन फाइनान्स उपसमूहका सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ४६ प्रतिशत बढ्यो । बैंकिङ उपसमुह तर्फ ०.३६ प्रतिशत, विकास बैंक उपसमुहको १.५७ प्रतिशत , होटल तथा पर्यटन उपसमुह १.१७ प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशतले बढेका छन् ।
यसैगरी, लगानी उपसमुह ०.८५ प्रतिशत, जीवन बीमा उपसमुह १.८४ प्रतिशत , उत्पादन क्षेत्र १.३४ प्रतिशत , माइक्रोफाइनान्स उपसमुह १.२६ प्रतिशत , निर्जीवन बीमा ०.६४ प्रतिशत, अन्य समुह ०.५७ प्रतिशत तथा व्यापार समुह ०.७५ प्रतिशतले बढेका छन् ।
यसैगरी, जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आइतबर यी २ वटा कम्पनीले १० प्रतिशतको सर्किट लगाएको थियो ।
रिभर फल्स पावरको ९.५४ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ९.१३ प्रतिशत , मायाखोला हाइड्रोपावरको ६.९९ प्रतिशत , प्रोग्रेसिभ फाइनान्सको ६.६२ प्रतिशत तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।