logo

सेयर बजारमा ४७.४४ अंकको करेक्सन , ८ अर्ब १८ करोडको कारोबार

    782   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४७ दशमलब ४४ अंकको करेक्सन भएको छ । जसका कारण सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ४७ दशमलब ४४ अंकले घटेर २६ सय ९७ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लोदिन ७ अर्ब १९ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ। । १८ कम्पनीको मूल्य बढ्दा २ सय २६ वटाको घट्यो । यसदिन सबै क्षेत्रका सूचक घटेका छन् ।
बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटेका छन ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढ्यो ।
इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । गुडविल फाइनान्सको ८.४१, बुटवल पावरको ५.०३ तथा तेह्रथुम पावरको ४.९६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल प्रमोटर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको थियो ।
यसदिन फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतले गुमाएका छन्। आइतबार ८ अर्ब १८ करोड २ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक गुडविल फाइनान्सको ४५ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछि कुमारी बैंकको ३७ करोड ८७ लाख र हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।