logo

नेप्से २२.३६ अंकले घटेर सेयर बजार २४६४ विन्दुमा,हाइड्रोपावर समूहमा बाढी पहिरोको असर

    800   पटक पढिएको

१३ असोज/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४ सय ६४ विन्दुमा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आइतबार ४ अर्ब ५ करोडमा झरेको छ ।
यसदिन ४६ वटा कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।
यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए । बैंकिङ ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५, अन्य १.०२ प्रतिशत घटे । उत्पादन समूह भने १.०३ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो ।
अपरहेवाखोलाको ९.१, मकरजितुमाया सुरीको ८.८, पाँचथर पावरको ८.२, नेपाल फाइनान्सको ७.२, माउन्टेन हाइड्रो नेपालको ७.२, पिपुल्स पावरको ६.८ प्रतिशत मूल्य घट्यो ।
विन नेपाल लघुवित्तको मूल्य ६.५ प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ५.४, एनएलजी इन्स्योरेन्सको ४.५ र सोनापुर सिमेन्टको ४.१ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, अपी पावर, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।