logo

सेयर बजार घट्यो,नेप्से २७३९ अंकमा ओर्लियो

    776   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारि अंकको करेक्सन भएको छ । नेप्से परिसूचक अघिल्लो दिन मंगलबारको तुलनामा ९० दशमलब ७३ अंकले घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से परिसूचक २७ सय ३९ अंकमा कायम भएको छ । यसदिन नेप्से घट्दा सेयर कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार १२ अर्ब ९२ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
यसदिन ३१ वटा कम्पनीको मूल्य बढ्दा २ सय १३ वटाको घट्यो भने एउटाको स्थिर रह्यो । बुधबार सबै क्षेत्र समुह तर्फका सूचक घटेका छन् । बैंकिङ समुहतर्फ ३.१ प्रतिशत , विकास बैंक समुहतर्फ २.२ प्रतिशत, फाइनान्स समुहतर्फ ५.१ प्रतिशत , होटल तथा पर्यटन समुहतर्फ ४.४ प्रतिशत , हाइड्रोपावर समुहतर्फ ३.५, लगानी समुहतर्फ ३.५, जीवन बीमा समुहतर्फ ३.७, उत्पादन समुहतर्फ २.५, माइक्रोफाइनान्स समुहतर्फ १.३, निर्जीवन बीमा समुहतर्फ २.७ प्रतिशत , अन्य समुहतर्फ ३.७ प्रतिशत र व्यापार समुहतर्फ २.६ प्रतिशतले सेयर मुल्य घटेका छन ।
यतिधेरै अंकले बजार घट्दा पनि यसदिन ५ वटा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्तको ८.४, मानुषी लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो ।
गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।