logo

नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा

    866   पटक पढिएको


१६ भदौ/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेर २७ सयमुनि ओलिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३ दशमलब ६३ अंकले घटेर २६ सय ९५ दशमलब ९३ विन्दुमा आइपुगेको छ ।
कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७ सय ८१ अंकसम्म पुगे पनि सो वृद्धि केहीक्षण पनि टिकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ५१ करोड रुपैयाँ बरावरमा खुम्चिएको छ ।
यसदिन कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् । बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटेको छ ।
यसदिन सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढ्यो ।
पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ९.९, नेपाल फाइनान्सको ९.५, मिडसोलु हाइड्रोपावरको ९.२, बुद्धभूमि हाइड्रोपावरको ७.९, हिमालयन हाइड्रोपावरको ७.९, माथिल्लो मैलुङखोलाको ७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपीपावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।