logo

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई जरिवाना बढाइँदै

धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता

    550   पटक पढिएको


२ भदौ/अर्थ र व्यापार – सेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । यो विधेयक संसदमा दर्ता भएको छ ।
संसद्मा दर्ता भएको विधेयकमा इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीनवर्षसम्म कैद संजाय वा दुवै संजायको व्यवस्था गरिएको छ । हाल भने बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।
कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ ।
यसैगरी, हुँदै नभएको वा कृत्रिम वा झुठो कारोबार गरी, गराई धितोपत्रको मूल्यस्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा उतारचढाव गराएको ठहरिने छ । यसरी मूल्य उतारचढाव गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
हाल यस्तो सजायमा दोषी देखिएमा ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य गरेमा हुने सजाय पनि बढाइने प्रस्ताव विधेयकमा छ ।
यसअन्तर्गत कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने, खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले बजार मूल्य बढाउने वा घटाउने कार्य गरेमा अब बिगो बराबरको जरिवाना, बिगो नखुलेमा ५ लाखदेखि ५० लाखसम्म जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था नयाँ दर्ता भएको विधेकमा राखिएको छ ।
हाल यस्ता विषयमा दोषी देखिएकालाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै जालसाजी गरी वा झुक्यानमा पारि धितोपत्र कारोबार गरेमा हुने सजाय जरिवाना पनि दर्ता भएको विधेयकमा बढाइएको छ । हाल यस्तो कारोबारमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
तर, संशोधित विधेयकमा भने बिगो खुलेकोमा बिगो बराबर जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा १० लाखदेखि ५० लाखसम्म जरिबाना वा ३ वर्ष कैद सजाय वा दुवै सजाय हुने शब्दहरु राखिएको छ ।
कुनै विवरण झुठो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।

धितोपत्र बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको एक जना र नेपाल उद्योग वाणिज्य महासंघबाट एक-एक जना प्रतिनिधि रहने व्यवस्थालाई संशोधन गरिएको छ । स्वार्थ बाझिने भन्दै चार्टड एकाउन्टस संस्था र महासंघका प्रतिनिधि सञ्चालक समितिमा नरहने व्यवस्था गरिएको छ । बोर्ड सदस्य हुन सम्बन्धित क्षेत्रको ७ वर्षे अनुभव हुनुपर्ने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गर्दै स्वार्थ बाझिने अवस्था न्यूनीकरणका लागि १० वर्षे अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष तथा सञ्चालकको स्वार्थ बाझिने देखिएमा यसअघि त्यस्तो निर्णय गर्दा गणपूरक संख्या नपुगेको खण्डमा सो व्यक्तिलाई समेत सदस्यको रुपमा राख्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै गणपूरकमा गणना गर्न नपाउने व्यवस्था पनि विधेयकमा गरिएको छ । यसैगरी बोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकले पदबाट हटेको वा अवकाशपछिको दुई वर्षसम्म बोर्डबाट अनुमति प्राप्त कुनै पनि संस्थामा रहेर काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।