logo

सेयर बजारमा उकालो यात्रा कायमै, नेप्से १५.५४ अंकले बढेर २१३१ विन्दुमा

बैंकिङ समूह सबैभन्दा धेरै बढ्यो

    296   पटक पढिएको



९ जेठ/अर्थ र व्यापार – विगत केही दिनदेखि सुरु भएको सेयर बजारमा उकालो यात्रा कायमै छ । यस साताको पहिलो कारोबार दिनदेखि सेयर बजारको उकालो यात्राले निरन्तरता पाईरहहेकै छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ६८ करोडको भएको थियो ।
यसदिन बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङ क्षेत्रका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटे ।
सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एनएमबी बैंकको ८.४, कृषि विकासको ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढ्यो । मानुषी लघुवित्तको ८, मध्यभोटेकोशीको ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेरुडे मिर्मिरे लघुवित्त, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स र नबिल बैंक क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।