logo

अकस्मात सेयर बजारमा देखियो उत्साह, नेप्से २५.९३ अंकले बढ्यो

    466   पटक पढिएको

१८ भदौ/अर्थ र व्यापार – यसअघि लगातार घट्दो क्रममा रहेको सेयर बजारमा मंगलबार अकस्मात उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने पौने ५ अर्बको कारोबार भएको छ।
यसदिन नेप्से २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ । फाइनान्सबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ।
१२ वटा उपसमूह बढ्दा फाइनान्स उपसमूहको सूचक भने १.१८ प्रतिशतले ओरालो लागेको छ। मंगलबार २ सय १५ कम्पनीका लगानीकर्ताले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
यस्तै २६ कम्पनीका लगानीकर्ताले गुमाउँदा पोखरा फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ। खराब वित्तीय विवरणका बाबजुद पोखरासहितका फाइनान्स कम्पनीको सेयर मूल्य केही दिनयता निरन्तर बढिरहेको थियो।
बजारमा ४ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ । शाइन रेसुंगा विकास बैंकको सबैभन्दा धेरै १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार धेरै हुने मुख्य ५ कम्पनीमध्ये तीनवटा भने फाइनान्स रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।