logo

बल्ल दोहोरो अंकले बढ्यो सेयर बजार, नेप्से १४.३३ अंकले बढ्यो

फाइनान्स र विकास बैंकमा उच्च वृद्धि

    495   पटक पढिएको



१६ वैशाख/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक १४.३३ अंक बढेको हो ।
सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा पुगेको छ । आइतबार दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।
१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।
अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे ।
धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स अगाडि रहे । पोखरा फाइनान्सको ९.८, प्रोग्रेसिभको ७.६, श्रीइन्भेस्टमेन्टको ६.८, बेस्ट फाइनान्सको ६.७, किसान लघुवित्तको ५.९, नेपाल फाइनान्सको ५.७, त्रिशुली विद्युतको ५.७, सप्तकोशी विकास बैंकको ५.२, मेरो माइक्रोफाइनान्सको ५.१ र मल्टिपर्पस फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै रिभर फल्स पावरको ४.६, छ्याङ्दी हाइड्रोपावरको ३.६, चिरख्वा हाइड्रोपावरको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, पिपुल्स पावर, गोर्खाज फाइनान्स र नेपाल फाइनान्स कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।