logo

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से १९.५६ ले घट्यो

    756   पटक पढिएको


६ वैशाख/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से १९.५६ अंकमा झरेको छ । यसअघि पनि घटिरहेको नेप्से अघिल्लो दिनको तुलनामा बिहीबार १९.५६ अंकले तल झरेको हो ।
यो अंकको गिरावटपछि नेप्से १९ सय ७२ अंकमा कायम भएको छ । यसदिन कुल २ अर्ब ९ करोडको कारोबार भएको थियो ।
कुल २ सय ११ वटा कम्पनीको मूल्य घट्दा २७ वटाको बढ्यो भने ६ वटाको स्थिर रह्यो । बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।
यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ६.२, मध्यभोटेकोशीको ५.७, पिपुल्स पावरको ५.५, जोशी हाइड्रोको ४.५, माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य बढेको थियो ।
यसदिन रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि सकिएसँगै मूल्यमा गिरावट देखिएको हो । त्यस्तै गोर्खाज फाइनान्सको ९.३, सीवाईसी लघुवित्तको ६.१२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।