logo

नेप्से १७.३० अंकले घट्यो

    445   पटक पढिएको


१८ चैत/अर्थ र व्यापार – साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार १८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । आइतबार कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो ।
उत्पादन समूह सबैभन्दा धेरै ३.६५ प्रतिशत घट्यो । सर्वोत्तम सिमेन्ट कम्पनीको मूल्य १० प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको ७.६ प्रतिशत घटेपछि यो समूह सबैभन्दा धेरै प्रभावित भएको हो । बैंकिङ ०.५३, विकास बैंक १.०९, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर ०.०८, लगानी ०.७९, जीवन बीमा ०.९९, उत्पादन ३.६५, माइक्रोफाइनान्स १.२०, अन्य ०.७१ र ब्यापार समूह १.७४ प्रतिशत घटेको थियो । निर्जीवन बीमा समूह भने ०.१२ प्रतिशत घट्यो ।
मायाखोला हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्य लघुवित्तको ७.७४, मन्दाकिनी हाइड्रोपावरको ७.०८, राप्ती हाइड्रोको ६.४३, इङवा हाइड्रोको ६.४, विन नेपाल लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो ।
अघिल्ला ७ कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको सर्वोत्तम भने आइतबार १० प्रतिशत नै घटेर ९ सय ७४ रुपैयाँ ५० पैसामा कायम भएको थियो । यसैगरी, बोटलर्स नेपाल बालाजुको ७.६, सीवाईसी लघुवित्तको ५.८, समाज लघुवित्तको ५.७ र थ्रीस्टार हाइड्रोको ५.३ प्रतिशत मूल्य घटेको थियो ।
कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी र रिभरफल्स पावर क्रमशः अगाडि रहेका थिए । सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।