logo

१७ अंकले घट्यो नेप्से

    576   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन ससोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । सोमबार दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ६०, फाइनान्स १६, हाइड्रोपावर २८, जीवन बीमा १००, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ८२ र अन्य ९ अंक घटे । व्यापार ८, उत्पादन १४७, होटल तथा पर्यटन २३ अंक बढे ।

दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्दा उत्पादन समूहमा उच्च वृद्धि देखिएको छ । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको हो । तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो ।
किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।