logo

तिब्र उतारचढापकाबीच नेप्से ९.३३ अंकले बढ्यो

    391   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – बुधबार तिब्र उतारचढापकाबीच नेप्से परिसूचक ९.३३ अंकले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर बजार सूचक नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको हो ।
यसअघि गत सोमबार लगातार तिनपटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको र मंगलबार उच्च अंकको गिरावटपछि बुधबार सेयर बजार विस्तारै सम्हालिएको हो । बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर दुईहजार १७.०३ अंकमा पुगेको थियो ।
बुधबार विभिन्न तीनसय आठ कम्पनीका ९१ लाख ३८ हजार एकसय ५४ कित्ता सेयर ५८ हजार ९ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड ८ लाख ३८ हजार तीन सय ५७ रुपैयाँको कारोबार भएको थियो ।
यस दिनको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकका समूहको उपसूचक बढेको थियो । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको थियो ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार आठसय सात बराबरको ६ लाख ५७ हजार सातसय ३९ कित्ता सेयर कारोबार भएको थियो ।
बुधबार १७५ कम्पनीको मूल्य बढ्दा ६२ को घटेको थियो भने ११ को स्थिर रहेका थिए । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.६८ प्रतिशत बढेको थियो । बैंकिङ र जीवन बीमा समूह झिनो अंकले क्रमशः १.१ र २.५ले झरेको थियो ।
विकास बैंक ५.१८, फाइनान्स ३०, होटल तथा पर्यटन ४४, हाइड्रोपावर २३, उत्पादन ५४, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २९, अन्य १९ र ब्यापार समूह ३६ अंक बढेका थिए । दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेका थिए । स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशत बढेको थियो ।
गोर्खाज फाइनान्स र सीवाईसी लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावरको ९.७, गुराँस लघुवित्तको ४.५, बीपीडब्लू लघुवित्तको ३, समता लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।