logo

सेयर बजारको गिरावट कायमै ,नेप्से २०.७६ अंकले घट्यो

    877   पटक पढिएको

१० फागुन/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो । बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा कायम भएको थियो ।
यसदिन उत्पादनमूलक बाहेकका सबै उपसमूहले नेप्से घटाएका हुन्। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.९० प्रतिशतले घटेको थियो । सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीको सूचीमा जलविद्युत कम्पनी रहेका छन् । हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
यो कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले घटेको थियो । बाराही, पिपुल्स हाइड्रोपावर, रावा इनर्जी लगायत जलविद्युत उपसमूहका ८१ कम्पनीको सेयर मूल्य घटेको थियो । उत्पादनमूलक उपसमूहको सूचक भने १.१४ प्रतिशतले बढेको छ ।

उत्पादन क्षेत्रका तीन कम्पनीको सेयर मूल्य बढ्दा यो उपसमूहको सूचक सकारात्मक देखिएको हो। यो उपसमूहका बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल(तराई) र युनिलिभर नेपालको सेयर मूल्य बढेको थियो । यसैगरी, नोक्सानीमा रहेको समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । प्रति सेयर आम्दानी ७.३१ रुपैयाँ ऋणात्मक रहेको सो कम्पनीको मूल्यमा गत २२ माघदेखि निरन्तर सर्किट लागिरहेको छ । यो कम्पनीको सेयर मूल्य लगातार १३ औं सर्किटपछि बिहिबार प्रति कित्ता २ हजार १७६.३० रुपैयाँ पुगेको थियो ।
बजारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।