logo

२१ सयमुनि ओर्लियो सेयर बजार

    777   पटक पढिएको


१७ माघ/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से बुधबार फेरि २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।
अंकका आधारमा बैंकिङ ६, विकास बैंक ७९, फाइनान्स ३४, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ३८, जीवन बीमा १४७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११६, अन्य ११ र ब्यापार समूह ४९ घटे ।
सामलिङ पावरको ९.८, मन्दाकिनी हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ७.६, रावा इनर्जीको ५.० र पिपुल्स हाइड्रोपावरको मूल्य ४.९ प्रतिशत बढ्यो । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.८, अपर स्याङ्गेको ५.१ र ङादी ग्रुपको ४.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, नेपाल पुनर्बीमा कम्पनी र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।