logo

नेप्से परिसूचक ०.६२ अंकले घट्यो, ८ कम्पनीको सेयर मूल्यमा सर्किट

    689   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार– सामान्य अंकले घटेको सेयर बजारमा बिहिबार ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रो, हिमालयन रि इन्स्योरेन्स लगायत ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ४५२.६० रुपैयाँ पुगेको छ ।
सोमबार यता निरन्तर बढिरहेको नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा आइपुगेको छ । कारोबार रकम पनि घटेको छ । बिहिबार ४ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन पछिल्लो ८ कारोबार दिनयताकै कम हो ।
हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । यो कम्पनीको २३ करोड ८५ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको हो। पुस मसान्तमा ब्याज तिर्नुपर्ने भएकाले साताको अन्तिम कारोबार दिन लगानीकर्ताको सक्रियता कम हुँदा परिसूचक र कारोबार रकम दुवै घटेको लगानीकर्ताहरुले बताएका छन्।
पुस मसान्तमा ब्याज तिर्नुपर्ने भएकाले लगानीकर्ताको सक्रियता कम देखिएको सम्बन्धीत लगानीकर्ताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।