logo

३० अंकले घट्यो नेप्से,सबै समूहमा गिरावट

    942   पटक पढिएको


१७ पुस/अर्थ र व्यापार– साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा झरेको हो । अघिल्लो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको थियो । सोमबार सेयर बजार ८.७५ अंकले घटेको थियो ।
सोमबारको तुलनमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार मंगलबार ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको भएको थियो ।
मंगलबार ३ सय ५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ हजार कित्ता सेयर ८५ हजार ४ सय ५३ पटक किनबेच भएको छ । कारोबारमा आएको ३७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूलय यथावत रहेको छ ।
मंगलबार १६ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।
अहिले लगातार छैटौं कारोबार दिन सेयर बजार झरेको छ । गत ५ पुस र सोयता कारोबार भएका सबै दिन ८, ११, १२, १६ र १७ गते मंगलबार बजार घटेको हो । मंगलबार ३० अंकले नेप्से घटेर २०३० अंकमा कायम भएको हो ।
दिनभर ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएको थियो । कुल ३७ कम्पनीको मूल्य बढ्दा २०५ को घट्यो भने ३ को स्थिर रहयो । सबै समूहका सूचक घटेका छन् ।
यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.२ प्रतिशत घट्यो । बैंकिङ १.१, विकास बैंक १.३, फाइनान्स १.३, हाइड्रोपावर १.३, जीवन बीमा २.९, उत्पादन १.२, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ०.६ र ब्यापार उपसमूह १ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
हिमालयन हाइड्रोपावरको १०, सिटिजन लाइफ इन्स्योरेन्सको ७, दोर्दी हाइड्रोपावरको ६.५, अपरहेवाखोलाको मूल्य ५.५ प्रतिशत घट्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।