logo

प्रभु हेलिकोप्टरले साढे ६ करोडको आइपीओ जारी गर्दै,बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    910   पटक पढिएको

९ पुस/अर्थ र व्यापार – प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले सर्वसाधारणलाई सेयर बेच्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक बनाइएको जनाएको छ ।
कम्पनीका अनुसार ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीद्वारा जारी विज्ञप्ति उल्लेख छ । बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
व्यावसायिक योजना अनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने सो कम्पनीको दावी छ ।
सन् २००९ मा स्थापना भएको यो हेलिकोप्टर कम्पनीले हाल एयरबस कम्पनीको एच १२५ र रोविन्सन कम्पनीको आर ६६ हेलिकोप्टरमार्फत व्यावसायिक चार्टर उडान सेवा संचालन गर्दै आएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै लयमा फर्किएको पर्यटन र उड्डयन उद्योगलाई मध्यनजर गर्दै यस कम्पनीले आगामी दुई वर्षभित्रमा एयरबस कम्पनीका दुईवटा एच १२५ सिरिजका हेलिकोप्टर थप्ने योजना बनाएको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।