logo

सेयर धितो कर्जाको सीमा बढेपनि सुधारिएन सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

    873   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो ।
१२ करोडको सीमाले बजार प्रभावित भएको भन्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका सेयर लगानीकताले सो सीमा बढाउँदा समेत खासै सकारात्मक मनोविज्ञान बनाउन नसकेको बताएका छन् ।
राष्ट्र बैंकले १२ करोडको सीमा बढाउने बहानामा खर्बौंको सेयर बजारमाथि खेलाँची गरेको आरोप लगानीकताको छ । जसले गर्दा १२ करोडको सीमा बढे पनि सेयर बजार भने बढ्न सकेन । आइतबार सेयर बजार परिसूचक नेप्से ३५.६७ अंकले गिरावट आउँदा १९२१.२४ को बिन्दुमा बन्द भएको छ ।
आइतबार हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट भएको छ । अन्य उपसूचकहरु होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमामा २.२८ प्रतिशत, लगानीमा २.०१ प्रतिशत गिरावट भएको छ ।

नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेको देखिएको छ । गत बिहीबार १ अर्ब १० करोड र बुधबार १ अर्ब १९ करोडमा सीमित भएको कारोबार रकम आइतबार भने बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार पुगेको छ ।
आइतबार कुल ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको छ । आइतबार कारोबारमा आएका मध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।
आइतबार बजारमा कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेर बन्द हुँदा २१३ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
जसमध्ये बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले वृद्धि, सिद्धार्थ इन्भेष्टमेन्ट स्किम २ कम्पनीको सेयरमूल्य ९.४० प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.७८ प्रतिशतले बढेको छ । हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चरको सेयरमूल्य समान १०÷१० प्रतिशतले गिरावट भएर बन्द भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।