logo

सेयर बजारमा दोहोरो अंकको गिरावट,नेप्से १९.४२ अंकले घट्यो

माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार

    818   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – गत साताको अन्तिम कारोबार दिन ४४ अंकले बढेको सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ह्वातै बढेर ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकले घटेको हो ।
लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी रहेको नेप्सेमा बिहीबारको वृद्धि कायम नभएको सम्बन्धीत बजारका जानकारहरुको भनाई छ । सो सीमा पुनरवलोकन हुँदा बजारलाई ठूलो प्रभाव नपरे पनि सेयर लगानीकर्तामा मनोवैज्ञानीक प्रभाव पर्ने र त्यसले लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा उनीहरुको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यसैगरी, व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहिबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार जम्मा २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ ।
लाभांश बुक गर्ने अन्तिम कारोबार दिन भएकोल बैंकको सेयर कारोबारमा चाप देखिएको हो । यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७४ लाख र शिवम् सिमेन्टको ९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कराोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।
आइतबार कारोबार भएका मध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९.७३ प्रतिशतले बढेको छ ।
शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइमूल्य ५.४५ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयरमूल्य ५.३७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।