logo

जीवन बिमा कम्पनीहरुको नाफामा ४४ प्रतिशतले वृद्धि

    1036   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – आर्थिक वर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा जीवन बिमा कम्पनीको नाफा ३ अर्ब ९ करोड ८४ लाख १ हजार रुपैयाँ थियो ।
सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनीमा ५ वटा कम्पनीको नाफा घटेको छ भने ७ वटा बिमा कम्पनी नाफामा गएका छन् । यस्तै अघिल्लो असार मसान्तमा नोक्सानमा रहेका दुई बिमा कम्पनी गत आवको असार मसान्तमा भने नाफामा गएका छन् ।
अघिल्लो आवमा नोक्सानमा रहेका र अहिले नाफा कमाउनेमा नेपाल लाइफ र एलआईसी नेपाल कम्पनी हुन् । नाफा घट्नेमा सूर्य ज्योति लाइफ, मेट लाइफ, नेसनल लाइफ, एसियन लाइफ र राष्ट्रिय बिमा संस्थान छन् ।
नाफा बढ्ने कम्पनीमा हिमालयन लाइफ, सन् नेपाल, प्रभु महालक्ष्मी, रिलायबल नेपाल, आइएमई प्रुडेन्सियल, सानिमा र सिटिजन लाईफ रहेका छन् ।
बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार हिमालयन लाइफको नाफा ४२.५ प्रतिशतले बढेर ५८ करोड १३ लाख २४ हजार रुपैयाँ पुगेको छ । यस्तै सन् नेपाल लाइफको नाफा १६३.९९ प्रतिशतले बढेर ५६ करोड ६५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु महालक्ष्मी लाइफको नाफा ४४.६६ प्रतिशतले बढेर १० करोड ५० लाख ८४ हजार, रिलायबल नेपालको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख ९९ हजार, आइएमई लाइफको नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार, सानिमा रिलायन्स लाइफको नाफा ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख २८ हजार पुगेको छ ।
बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सूर्यज्योती लाइफको नाफा ३६.११ प्रतिशतले घटेर २९ करोड ४० लाख ९६ हजार, मेट लाइफको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
नेसनल लाइइफको नाफा ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार, एशियन लाइफको नाफा १७.६८ प्रतिशतले घटेर २४ करोड ६ हजार र राष्ट्रिय बिमा संस्थानको नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा नोक्सामा रहेको एलआईसी नेपालको नाफा १२ करोड ४६ लाख ७० हजार र नेपाल लाइफको ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।