logo

दोहोरो अंकले घट्यो नेप्से

    834   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से यसरी घट्दा २ हजारको विन्दुबाट तल झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ ।
सोही अवस्थाकै कारण नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २०० को विन्दुबाट तल झरेको छ । यसबीचमा नेप्से ७ साउनमा २२२७.१६ को बिन्दुसम्म पुगेको ओरोला लागेको हो ।
मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताले गत १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो ।

सोमबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.४० प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.३३ प्रतिशत, व्यापार उपसूचक १.१७ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३५ प्रतिशतले गिरावट भएको हो ।
अहिले नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । सोमबार लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम डेढ अर्बबाट तल झरेको छ । २ अर्ब माथिको कारोबार भइरहेको बजारमा गत बुधबारदेखि कारोबार रकम १ अर्बमा झरेको छ ।
लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको थियो ।

सोमबार थप घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको छ । सोमबार नेप्सेमा कुल ३९ हजार ४२५ वटा कारोबारमा ४१ लाख ६३ हजार ८७२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २ लाखको कारोबार हुँदा आईएमई लाइफको ५ करोड ८४ लाख र सोल्टी होटलको ५ करोड ७९ लाखको कारोबार भएको छ।
सोमबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर छ र सोमबार नेप्सेमा कारोबार भएकामध्ये लक्ष्मी लघुवित्त र कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयर नेप्सेमा सूचीकृत भएर सोमबारदेखि मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको हो । यसैगरी, सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले बढेको छ ।
मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।