logo

लगानी बढाउन सिनर्जी पावरले ल्यायो हकप्रद सेयर,आवेदन आजैबाट

    890   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयरको बिक्रीका लागि आवेदन खुलाएको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ८० करोड ६५ लाख छ । यसको २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले सो हकप्रद सेयर अकित मूल्य प्रतिकित्ता १०० कार दरले बिक्री गर्ने छ ।
सो हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गतेका लागि बुक क्लोज मिति तोकेको थियो। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर खरिदका लागि आइतबारदेखि भदौ २४ गतेसम्म लागि आवेदन दिन सकिन्छ। सिनर्जीले २२ मेगावाटको हङ्गुखोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावरमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार लगानी गर्ने निर्णय गरेको छ ।

त्यसैका लागि कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो। उक्त आयोजनाको लागत ४ अर्ब ४२ करोड छ । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ ‘डबल बी प्लस’ प्रदान गरेको छ ।
यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानीमा क्यापिटल छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।