logo

नेप्से २०.३१ अंकले घट्यो,१ अर्ब ६७ करोडको कारोबार

    712   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार– सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ ।
साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि पुन बढ्नसक्ने चर्चाले सेयर बजार प्रभावित बनेको छ । साउनदेखि निक्षेपको बयाज दरमा हुँदै आएको भद्र सहमति खारेज भएर बैंकहरुले आफैं ब्याजदर तय गरेका थिए ।
साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाउँदा केही बैंकले स्थिर र केही बैंकले बढाएका थिए । ब्याजदर घटाएका बैंकको निक्षेप घटेपछि १ भदौदेखि निक्षेपको ब्याजदर बढाउनसक्ने चर्चा हुँदा सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो ।
२९ साउनमा एकल अंकको सामान्य गिरावट भएको नेप्से मंगलबार ३१.८० अंकको गिरावट भएको थियो । बुधबार लगातार तेस्रो दिन पनि नेप्से घटेको हो ।
बैंकहरुले १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ ।

ब्याज बढ्नसक्ने त्रासमा केही नाफामा रहेको लगानीकर्ताले सेयर बेच्न खोज्ने तर खरिद गर्न चाहने लगानीकर्ताको मनोबल कमजोर भएर पर्खन खोज्दा नेप्सेमा गिरावट भएको हो ।
बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.८५ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक १.५८ प्रतिशतले गिरावट भएको छ । वित्त कम्पनी, लघुवित्त, म्यचुअल फण्ड अन्य र व्यापार उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । लगातार २ अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार कारोबार रकम घटेर १ अर्ब ६८ करोडमा झरेको छ । ४५ हजार १६७ वटा कारोबारमा ४८ लाख ३८ हजार १०६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये हिमालयन डिस्टिलरीको ८ करोड ४२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख र आईएमई लाइफको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको स्थिर छ । यस नेप्सेमा कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले वृद्धि हुँदा स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढेको छ ।
यस्तै सन्राइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ८.०६ प्रतिशतले गिरावट हुँदा स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ८.०३ प्रतिशत र धौलागिरी लघुवित्तको सेयुरमूल्य ७.८९ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।