logo

सेयर कारोबारमा सुधार,नेप्से ७ महिना यताकै उच्च विन्दुमा

    869   पटक पढिएको

१२ असार/अर्थ र व्यापार – सेयर कारोबारमा सुधार भएर मंगलबार नेप्से ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
लघुवित्त र वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ ।

सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो ।
३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।
मंगलबार लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा पनि साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । लघुवित्त उपसूचक ८.९६ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा कारोबरा भएका ५८ वटै लघुवित्त कम्पनीका सेयरमूल्य बढेको छ ।
जसमध्ये २३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत, १ कम्पनीका ९.९८ प्रतिशत र ३ लघुवित्त कम्पनीको सेयरमूल्य सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि हुँदा कुल ३० लघुवित्र कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ९.९३ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि ४.४४ प्रतिश्तले बढेका छन् । नेप्सेमा उच्च वृद्धि हुँदै गर्दा पनि व्यापार, उत्पादनमूलक र निर्जीवन बीमा कम्पनी उपसूचकमा भने गिरावट भएको छ ।
करिब १८०० अंकको विन्दुबाट नेप्से २२ अंक नजिक पुग्दा पनि लघुवित्त र वाणिज्य बैंकको सेयरमूल्य तुलनात्मक रुपमा न्यून बढेका छन् । अन्य क्षेत्रको तुलनामा सेयरमूल्य कम बढेको क्षेत्रमा मंगलबार लगानीकर्ताको आकर्षण देखिएको हो ।

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको छ । मंगलबारसम्म लगातार तेस्रो दिन पनि नेप्समो ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ ।
जसमध्ये स्वालम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीका सेयरमूल्य स्थिर छ ।
मंगलबार कारोबार भएकामध्ये ३३ कम्पनीको सेयरमूल्यमा बढेर सकासात्मक सर्किट मूल्यमा बन्द भएका छन् । जसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् ।
यता सेयरमूल्य घट्नेमा भने सिक्लेस हाइड्रोपावर अगाडि देखिएको छ । कम्पनीका सेयर लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाउँदा राष्ट्रिय बीमा कम्पनीको लगानीकर्ताले २.४९ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।