logo

घोराही सिमेन्टको आईपीओ स्थगित, धितोपत्र बोर्डले अध्ययन गर्ने

    1077   पटक पढिएको

४ जेठ/अर्थ र व्यापार – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) स्थगित गरेको छ ।
सेयरमा आवेदन दिनका लागि तोकिएको पहिलो चार दिनको समयभित्रै माग गरिएको भन्दा बढी आवेदन परेको अवस्थामा पनि आवेदन संकलनका लागि सूचना जारी गरेको, खातामा पैसा नभएपनि ठूलो संख्यामा आवेदन परेकोलगायत विषयमा अनुसन्धान गर्नका लागि भन्दै बोर्डले आईपीओ स्थगित गरेको हो ।

‘घोराही सिमेन्टको सार्वजनिक निस्कासनमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निस्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सो कम्पनीको रेटिङ र सार्वजनिक निस्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निस्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ’बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।
यसअघि बोर्डले घोराही सिमेन्टको सेयर निस्कासनका लागि रेटिङ गर्ने कम्पनी केयर रेटिङ नेपाललाई पनि पत्राचार गरेर सो कम्पनीले घोराही सिमेन्टको रेटिङ गर्दा स्वार्थ बाझिन्छ कि नाई भन्ने सम्बन्धमा जवाफ मागेको थियो ।

केयर रेटिङ नेपाललाई जवाफ दिनका लागि बोर्डले तीन दिनको समय दिएको थियो । सो समयमा जवाफ नदिएर उल्टै केयर रेटिङ नेपालले जवाफ दिने समय बढाउन बोर्डमा आवेदन दिएको थियो । घोराही सिमेन्ट र केयर रेटिङ नेपाल दुवैमा शंकर ग्रुपको ठूलो लगानी छ । यसरी आफ्नै लगानी रहेको कम्पनीमा रेटिङ गर्दा स्वार्थ बाँझिने भएकाले अर्कै कम्पनीबाट रेटिङ गराउनु पर्ने हुन्छ ।
यो विषय बोर्डले पनि प्रिमियममा सेयर निस्कासनको अनुमति दिने बेलासम्म जानकारी नै पाएन । सो कम्पनीले सेयर जारी गरिसकेपछि मात्र (गत साता) केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।