logo

नयाँ स्टक ब्रोकर एसोसिएसनले नेप्सेका प्रमुखलाई बुझायो ज्ञापनपत्र

    1592   पटक पढिएको


१ असार/अर्थ र व्यापार – नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधीले अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स रोक्न दिएको निर्देशन खारेज गर्न माग गर्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

एसोसिएसनले शुक्रबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । एसोसियसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारिको लाईसेन्स सम्वन्धमा विभिन्न १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

एसोसियसनले बुझाएको ज्ञापनपत्रमा अर्थसमितिले सर्वोच्च अदालतको निणर्य र संसविधानको धारा १२८ लाई उल्लगन गरेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको पूँजिबजारमा भएको ठुलो प्रगतिलाई रोक्ने गरिएको पूर्वाग्रहपूर्ण निर्देशनलाई खारेज गर्नकालागि आफ्नो तर्फबाट आवस्यक पहल कदमी तथा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

यसैगरि, अर्थसमितिले पूँजिबारमा सिमित व्यवसायीको सिण्डीकेटको निरन्तरता र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारि भएको यस्तो निर्देशनले पूनः एकपटक देसमा पूँजिबजारको विकास र विस्तारमा अवरोध सृर्जना गरेकोले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेर सदस्यता तथा कारोबार व्यवस्थापन प्रणाली जडानकालागि आएका र आउने नयाँ धितोपत्र दलाल व्यवसायीको प्रक्रिया तथा कारोबार व्यवस्थापन प्रणाली जडानको कार्यलाई जतिसक्दो छिटो सूचारु गर्न अनुरोध गरिएको छ ।

त्यसैगरि, एसोसियसनले नेपाल धितोपत्र बोर्डमा पनि निवेदन दर्ता गराएको छ । नेप्सेले ब्रोकर लाइसेन्स प्रक्रिया रोकेको भन्दै सो प्रक्रिया नरोक्न निर्देशन दिनुपर्ने माग उनीहरुले बोर्डमा गरेका छन ।
लामो समयसम्म स्टक ब्रोकरको क्षेत्रमा पुरानै व्यवसायीको हालिमुहाली तथा रजाइँ हुने र नयाँ लगानीकर्ता छिर्न नपाउने गरी सिण्डिकेट हुनु राम्रो नभएको सम्बन्धीत ब्रोकर तथा सरोकारवालाहरुको भनाई छ ।
अर्थ समितिले गत सोमबार धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम् मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानबिन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।