logo

नेप्से करिब ७.७९ अंकले बढ्यो

    829   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।

अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । सोमबार बैंकिङ उपसूचक ०.२५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनमूलक उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता वित्त कम्पनी उपसूचक ०.९६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक ०.५० प्रतिशतले गिरावट छ ।

सोमबार समेत लगातार चौथो कारोबार दिन पनि नेप्सेमा वृद्धि भएको हो । लगातार बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा तिव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो । नेप्सेको उतारचढवले कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ ।

आइतबार ३ अर्ब ४५ करोडको कारोबार रकम भएको बजारमा सोमबार केही संकुचित भएको भएपनि करिब ३ अर्बको कारोबार भएको हो । सोमबार नेप्सेमा ४९ हजार ९४४ वटा कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १५ करोड २९ लाखको कारोबार हुँदा हिमालय डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाखको कारोबार भएको छ ।


सोमबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ८९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरमूल्य १० प्रतिशत तथा भूगोल इनर्जी डेभलपमेन्ट र सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो । यता प्रभु स्मार्ट फण्डको इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.९० प्रतिशत र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ३.८० प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।