logo

ब्रोकर कार्यालयमा ताला लागाईए पनि बन्द भएन नेप्सेको सिस्टम, कारोबार हुन थाल्यो

    1027   पटक पढिएको

२१ जेठ/अर्थ र व्यापार – लगानीकर्ताले टीएमएस बन्द गराउन ब्रोकर कार्यालयमा ताला लाउदै आन्दोलनमा हिड्दा पनि आइतबार नेप्सेको सिस्टम खुलेको छ।
आइतबार ११ः५ बजेसम्म सेयर बजारमा सन्नाटाको अवस्था भए पनि सिस्टम खुल्दा कारोबार हुन सुरु गरेको छ। तर कारोबार एकदमै छिटपुट मात्र छ।
लगानीकर्ताहरु टीएमएस नै बन्द गरेर ५० वटै ब्रोकर कम्पनीहरुमा ताला लाउने अभियानमा हिडेका थिए। ब्रोकरहरुले टीएमएस खोले कार्यालय नै तोडफोड गर्ने धम्कीसम्म लगानीकर्ताहरुले दिएका छन्।

लगानीकर्ताको धम्कीपछि ब्रोकर एसोसिएसनले कारोबार गर्न अस्वीकार गरे पनि नेप्सेको सिस्टम खुल्दा कारोबार हुन सुरु गरेको छ।
आज साढे ११ बजेसम्म ७ कम्पनीको ६० हजार ७२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार सुरु भए लगत्तै अपर तामाकोशीको कारोबार भएको थियो। त्यसपछ शिवम् सिमेन्ट, नेपाल दुरसंचार कम्पनी लगायतको कारोबार भएको हो।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेप्सेले लगानीकर्ताको दबाबमा आफ्नो सिस्टम बन्द गर्न नसक्ने बताए।
‘हामीले प्राविधिक तथा कानुनी रुपमा नै सिस्टम बन्द गर्न मिल्दैन,’ उनले भने,’यहाँबाट बन्द भयो बने जीआइडीसीबाट चल्न सक्छ सिस्टम। अर्को कानुनी कुरा भनेको नेप्सेलाई नियामकको र अदालतको आदेश नभइकन रोक्न मिल्दैन।
शुक्रबार पनि लगानीकर्ताहरु यहाँ आएका थिए। आज पनि आउँछु भनेका छन्। यहाँ आएर स्वीच अफ गर्दैमा सिस्टम अफ हुँदैन।’
नेप्सेले प्राविधिक तथा कानुनी हिसाबले नै सिस्टम बन्द गर्न नसक्ने उनले बताए। यतिन्जेल सम्म नेप्से परिसूचक १.६५ अंकले बढेर १८६८ बिन्दुमा आइपुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।