logo

सेयरमा लगानी गर्ने कोहीपनि आयकरको दायरामा आउँदैनन्, अत्तालिनु पर्दैन: अर्थमन्त्री

    767   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा नआउने प्रस्ट पारेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन)द्धारा काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
’आज फेरि पनि दोहो¥याएर भन्छु आम जो सेयरमा लगानी गर्नु भा छ कोही पनि त्यो इन्कम ट्याक्सको दायरामा आउने भनेर भनिएको छैन ।’
अर्थमन्त्री महतले भने,’स्पष्ट पार्न चाहान्छु । त्यसमा फेरि जसको चाहीँ कारोबार गर्दा लस भएको छ त्यो लसमा पनि कर लगाउने त कुरै भएन । त्यसैले यो पनि स्पष्ट पार्न चाहान्छु कोही ९९.५ प्रतिशत इभन ९९.९ प्रतिशत पनि योभित्र पर्दैनन् ।’
उनले थपे,’सेयर मार्केटमा लगानी गर्ने देशभरका जो दाजुभाई दिदी बहिनीहरू हुनुहुन्छ यसबाट अत्तालिनु पर्ने केही पनि कारण छैन । कोही पनि तपाईँहरू त्यो खाले अलिकति केही लगानी गरेर मलाई फाईदा हुन्छ की, बैंकमा राख्नु सट्टा यहाँ लगानी गरेर फाईदा हुन्छ की भनेर जसले गर्याछ कोही पनि यो दायरामा आउँदैनन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।