logo

घरजग्गा र सेयरको ‘बुल मा टेकेर अवैध सम्पत्ति वैध बनाउने नीतिगत व्यवस्था

    955   पटक पढिएको


१६ जेठ/अर्थ र व्यपार – सरकारले बजेट मार्फत तीन वर्षअघि सेयर बजार तथा घरजग्गा कारोबारमा ५० लाख रूपैयाँभन्दा बढी आयकरदातालाई थप कर तिर्न ताकेता गरिएको छ ।
सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबार गर्ने करदाताले ५० लाखभन्दा बढीको आम्दानी गरेको भए कर तिर्न भनिएको हो।
यससम्बन्धी व्यवस्था आन्तरिक राजस्व विभागले साउनपछि कार्यान्वयनमा ल्याउने छ। यस बजेटमा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको कारोबार घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत २०८० चैतभित्र बुझाए बाँकी कर शुल्क तथा ब्याज मिनाहा दिने घोषणा गरिएको छ ।
त्यति मात्रै होइन, पछिल्लो तीन वर्षको कारोबार घोषणा गरी थप आयकर तिरे त्यसअघिका वर्षका आयको खोजी नगरिने संकेत बजेटले गरेको छ । ‘यसरी कर दाखिला गरिने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षका कर शुल्क तथा ब्याज मिनाहा हुने छ’ बजेटमा समावेश छ।
यसले पछिल्लो तीन वर्षको हिसाब देखाएर थप कर तिरेको खण्डमा यसअघिको हिसाब नखोजिने आर्थिक ऐनले संकेत गरेको हो । यसको अर्थ कसैले सेयर बजार र जग्गा तथा घरजग्गाको कारोबार अवैधानिकरूपमा आर्जन गरेको धन छ भने त्यसलाई वैध बनाउन बाटो खोलिदिएको हो।

खासगरी घरजग्गा र जग्गा कारोबारमा वास्तविक मूल्य नदेखाइ मूल्य छली गर्ने प्रवृत्ति बढ्दो छ। यसले सरकारको राजस्व त गुमेको छ नै, सीमित व्यक्तिसँग असीमित सम्पत्ति थुप्रिने प्रवृत्ति बढ्दै गएको छ ।सरकारले चलाखीपूर्ण तरिकाले घरजग्गा कारोबार देखाएर आफ्नो अवैध सम्पत्ति वैधता दिने बाटो खोलेको हो। अवैध सम्पत्ति राखेका सीमित घरानाका लागि आफ्नो सम्पत्ति वैध बनाउने यो उपयुक्त असवर हुनेछ।
सेयर बजार कारोबार पारदर्शी हुने भए पनि २०७८ को बुलसम्म आइपुग्दा केही मानिसले सेयर बिक्रीबाट धेरै कमाएको शंका सरकारले गरेको छ । पुँजीगत लाभकर तिरे पनि ५० लाखभन्दा आम्दानी गरेको भए त्यसमा थप दायित्व बेहोर्नुपर्छ है भन्ने सन्देश पनि यो बजेट मार्फत दिएको छ।
तर, कस्तो अवस्था, कस्ता व्यक्ति प्रयोग हुन्छ, सो आम्दानीमा अन्य व्यवसायको आम्दानी जोडिन्छ कि जोडिँदैन, तलबी कर्मचारीको आम्दानी जोडिन्छ की जोडिँदैन भन्ने विषयमा भने आन्तरिक राजस्व विभागले थप प्रस्ट्याउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।