logo

नेप्सेमा सामान्य गिरावट,कारोबार रकम पनि घट्यो

    919   पटक पढिएको


२८ वैशाख/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।
बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ । यता बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ५९ करोडमा सीमित भएको थियो ।
बिहीबार अझै घटेर ७८ करोड ८३ लाखमा सीमित भएको छ । १६ हजार १७५ वटा कारोबारमा २१ लाख ३ हजार ७९१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
बिहीबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) को सर्वाधिक ३ करोड १५ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर करिब २ करोड ७१ लाख र शिवम् सिमेन्टको १ करोड ८० लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
बिहीबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.८९ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ ।

यता फर्वार्ड लघुवित्तको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको छ । यस्तै एशियन हाइड्रोपावरको सेयरमूल्य ४.६३ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।