logo

अन्तिम समयमा लयमा फर्किएकाले १८ अंकले बढ्यो नेप्से

    847   पटक पढिएको


१३ चैत/अर्थ र व्यापार – अन्तिम समयमा लयमा फर्किदा सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ ।
इन्ट्रा डे कारोबारमा १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबारको कारोबारको अन्तिम घण्टामा वृद्धि हुँदा १९०० अंक माथि पुगेर बन्द भएको हो । लघुवित्त बाहेक उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । लघुवित्त कम्पनीको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुशपछि लघुवित्त कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा लघुवित्त उपसूचकमा ०.५१ प्रतिशतले गिरावट आएको छ ।

उत्पादनमूलक उपसूचकमा २.३५ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा, वित्त कम्पनी र विकास बैंक उपसूचक पनि २ प्रतिशत भन्दा माथिले वृद्धि भएका छन् ।
नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । सोमबार नेप्सेमा ३६ हजार ९८० वटा कारोबारमा ४३ लाख ८ हजार ६४५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ ।
आयतबार १ अर्ब २८ करोड ९४ लाखको कारोबार भएको बजारमा सोमबार कारोबार रकम केही बढेको हो ।
सोमबार कारोबार भएकामध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९१ लाखको कारोबार भएको छ । यस्तै जीवन विकास लघुवित्तको ४ करोड ७० लाख र नबील बैंकको ४ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ४४ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर रहेको छ । सोमबार सुपरमाइ हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अजोड इन्स्योरेन्सको सेयरमूल्य ८.३० प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्र बैंकको निर्देशनपछि प्रस्तावित लाभांश घटाएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ६.९७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।