logo

मौद्रिक नीतिको असर शेयर बजारमा, ६०.८८ अंकले घट्यो कारोबार

    962   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा देखिएको छ ।
राष्ट्र बैंकल मौद्रिक नीति समिक्षा मार्फत लगानीकर्ताको आशामा तुसारापात गरिदिएपछि त्यसको प्रभाव आजको कारोबारमा देखिएको हो ।
आइतबार नेप्से उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलब ७५ विन्दुमा झरेर बन्द भएको हो ।
मौद्रिक नीतिको समीक्षामा शेयर बजारबारे राष्ट्र बैंकको मौनताले पुँजी बजारका लगानीकर्ता निराश बन्न पुगेका छन् । त्यस बाहेक निजी क्षेत्रको सुझावलाई पनि मौद्रिक नीतिले समेटेन भन्ने उनीहरुको दुखेसो छ ।
शेयर लगानीकर्ताहरूमा ४/१२ को सीमामा थोरै भए पनि पुनरावलोकन हुन्छ भन्ने आशा थियो । यदि त्यसो भएन भने पनि जोखिम भार पुरानै दरमा फर्किनेमा उनीहरू ढुक्क थिए । तर, राष्ट्र बैंकले अचम्मको मौनता साँधेपछि लगानीकर्ता निराश बनेका हुन् ।
आज शेयर बजारमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

आइतबार कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।