logo

निफ्राको नाफा ७२ प्रतिशतले बढ्यो

    628   पटक पढिएको


६ माघ /अर्थ र व्यापार– ठूला पूर्वाधारहरुमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नाफा ७२.७२ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा आफ्नो नाफा ७२.७२ प्रतिशतले बढाएर ७६ करोड पुर्याएको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा बैंकको नाफा जम्मा ४४ करोड रुपैयाँ मात्रै थियो । बैंकहरुले निक्षेपको ब्याजदर उच्च दरले बढाउँदाको फाइदा निफ्राले उठाएको देखिन्छ । निफ्राको ब्याज आम्दानी पुस मसान्त अवधीमा एक अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन गत पुस मसान्तमा जम्मा ८२ करोड रुपैयाँ मात्रै थियो ।
अर्थात निफ्राको ब्याज आम्दानी ६०.९७ प्रतिशतले वृद्धि भएको छ ।
निफ्राले यो पुस मसान्त अवधीसम्ममा १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन गत पुस मसान्त अवधीमा जम्मा ८ अर्ब १३ करोड रुपैयाँ मात्रै थियो । अर्थात निफ्राको कर्जा लगानी १४३.७८ प्रतिशतले बढेको छ । निफ्राको वितरण योग्य नाफा ६० करोड पुगेको छ, जुन गत पुसमा ३४ करोड रुपैयाँ मात्रै थियो । अर्थात यो एक वर्षको अवधीमा निफ्राको वितरण योग्य नाफामा पनि ७६.४७ प्रतिशतले बढेको छ ।
बैंकको प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ छ र प्रति सेयर नेटवर्थ १०७.७३ रुपैयाँ छ । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।
बैंकले २ अर्ब २८ करोडको डिबेञ्चर जारी गरिसकेको छ । निफ्राले ५७ करोड रुपैयाँ निक्षेप पनि संकलन गरेको देखिन्छ । बैंकको रिजर्भमा एक अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।