logo

मन्त्रिमण्डलले पूर्णता पाएसँगै लगानीकर्ता उत्साहित,करेक्सनपछि सेयर बजारमा सुधार

    870   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – पछिल्लो दुई कारोबार दिनमा ६२ अंक बढीले घटेको सेयर परिसूचक (नेप्से) मा नयाँ सरकारले पूर्णता पाएसँगै मंगलबार सेयर कारोबारमा थप बढोत्तरी आएको हो ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको दिन मंगलबार सेयर बजारमा ३२ अंकको सुधार आएको हो । नयाँ सरकार गठन पछिका दिनहरुमा लगात्तार बढिरहेको सेयर बजारमा पछिल्लो दुई दिनमा करेक्सन आएको थियो ।
छोटो अवधिमै बजार बढेपछि नाफा सुरक्षित गर्नेहरुको चाप पर्दा बजार दुई दिन करेक्सनमा पुगेको थियो । पछिल्ला दुई कारोबार दिनमा नेप्से सूचक ६२ अंक बढीले घटिसकेको थियो । मंगलबार मन्त्रिपरिषद विस्तार भएसँगै लगानीकर्ता थप उत्साहित हुँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
यस दिन बजामा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा भने घटेको छ । मंगलबार नेप्से सूचक ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेकोे छ । यो दिन २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक भने ४.४५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा सु्धार देखिएको छ । कारोबारमा विकास बैंक १०१.३६, वित्त कम्पनी ६३.९०, होटल तथा पर्यटन १६३.८२, जलविद्युत १२७.३९, जीवन बीमा १५२.६०, माइक्रोफाइनान्स ५६.४०, निर्जीबन बीमा ११६.०८ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा ग्रिन भेन्चर, आदर्श लघुवित्त वित्तीय संस्था, पिपुल्स हाईड्रोपावर, घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ ।
कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र ङादी पावर कम्पनी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।