logo

सेयर बजारमा उच्च गिरावट, नेप्से ३१.९७ अंकले घट्यो

    946   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१.९७ अंकले घटेको नेप्से बजार १८८५.३१ विन्दुमा आएर रोकिएको थियो ।
यो १.६७ प्रतिशतको गिरावट हो । आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ । आइतबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १६९.८० रुपैयाँले बढेर १८६८ रुपैयाँ पुगेको छ । यसबाहेक समिट लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनीको मूल्य क्रमशः ९.९९ र ९.५० प्रतिशतले बढेको छ ।
आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् ।
आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।