logo

सेयर बजारमा सामान्य गिरावट

    744   पटक पढिएको


१४ मंसिर/अर्थर व्यापार – साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ ।
बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकाम्स उपसूचकमा गिरावट हुँदा लघुवित्त र व्यापार उपसूचक भने सामान्य बढेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक १.०९ प्रतिशतले गिरावट भएको छ ।
बजारमा लगानीकर्ताको सक्रियता न्यून हुँदा कारोबार पनि घट्दै गएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको थियो भने मंगलबार १ अर्ब पनि पुगेन । बुधबार पनि नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख ३४ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड १५ लाख ३ हजार र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ८३ लाख १० हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बुधबार कारोबार भएकोमध्ये ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले वृद्धि भएको छ ।
यता लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले गिरावट हुँदा वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।