logo

सेयर कारोबारमा सामान्य गिरावट,नेप्से ६.५९ अंकले घट्यो

    1012   पटक पढिएको

२९ कात्तिक/अर्थ र व्यापार– सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।
मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । सोमबार करिब ९५ करोडको कारोबार भएको बजारमा मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक २.९३ प्रतिशतले वृद्धि हुँदा युनिलिभर नेपालको सेयर मूल्य २.०८ प्रतिशतले बढेको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ४.५८ प्रतिशतले वृद्धि हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाइ मूल्य २.५६ प्रतिशत र लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य २.१२ प्रतिशतले बढेको छ ।
तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले गिरावट हुँदा सिक्लेस हाइड्रोपावरको ८.४२ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ६.२१ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।