logo

सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने

    1325   पटक पढिएको

२ कात्तिक/अर्थ र व्यापार – सोल्टी होटल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । गत आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश २६.३२ प्रस्ताव गरेको हो ।
प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले हाल कायम चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
यसैगरि, कम्पनीले २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको ४८ औं वार्षिक साधारणसभामा पेश हुने जनाएको छ । प्रस्तावित लाभांश पारित गर्नकालागि सोल्टी होटल कम्पनीले आगामी २८ पुसमा ४८ औं वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजना लागि सो कम्पनीले आगामी ७ पुसमा सेयर दाखिला खारेज (बुक क्लोज) मिति तोकेको छ । यस आधारमा ६ पुससम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
कोरोना महामारिको कारण व्यवसाय प्रभावित भएको भन्दै सो कम्पनीले आर्थिक वर्ष २०७५÷७६ देखि सेयधनीलाई ३ आर्थिक वर्ष लाभांश वितरण गरेको थिएन ।

राजधानीको ताहाचलस्थित पाँचतारे होटल सोल्टीले २०७८ को ३१ बैशाखदेखि अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता टुंग्यिसँगै ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) सँगको व्यवस्थापनबाट बाहिरिएर‘दी सोल्टी काठमाण्डौं’को रूपमा पुर्नब्रान्डिङ्ग गरि सो होटल चलाउँदै आएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।