logo

विस्तारै उकालो लागेको नेप्सेमा सामान्य सुधार

    1044   पटक पढिएको

१४ भदौ/अर्थ र व्यापार – साताको पहिलो दिनदेखि नै विस्तारै उकालो लागेको नेप्सेमा लगातार दोस्रो र तेस्रो कारोबार दिन पनि सामान्य सुधार देखिएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो । यसअघि लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।
नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ ।
सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको सेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।
मंगलबार कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।
जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाइ मूल्य ५.३२ प्रतिशतन र ग्लोबल आईएमई समुन्नती स्किम १ को इकाइमूल्य ३.४९ प्रतिशतले बढेको छ।
यता वीन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।