logo

अपर तामाकोसीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित, १० अर्ब ५९ करोडको आउने

    1254   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारणसभा भएको छ । कम्पनीको शुक्रबार सम्पन्न सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
अब यस कम्पनीले १० अर्ब ५९ करोेड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हकप्रद निष्कासन गरेको पैसाले रोलवालिङ आयोजनामा लगानी गर्ने भएको हो ।
आयोजनाले सुक्खायामको लागि रोलवालिङ आयोजनामार्फत १२० मेगावाट विद्युत उत्पादन बढाउने जनाएको छ । सुक्खायाममा विद्युत उत्पादन क्षमता घट्ने हुँदा उत्पादन घट्न नदिन रोलविलिङ आयोजनाको निर्माण गरिने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले १ः१ अनुपाातमा हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुँजी पुग्नेछ ।
यसैगरि, सभाले लेखापरीक्षणको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरेको छ ।
लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७०/०७२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकहरूको निर्वाचनमार्फत नियुक्त भएका छन् ।
आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक वर्ष २०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा सञ्चालक समितिको बैठक भत्ता ५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।