logo

झन्डै २८ अंकले घट्यो नेप्से

    1014   पटक पढिएको

२९ साउन/अर्थ र व्यापार – साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २७.९२ अंकले घटेको छ । आइतबार कारोबार सुरु भएको पहिलो घण्टाबाट नै घट्न सुरु गरेको बजार २०१०.०१ बिन्दुमा पुगेर बन्द भयो ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ४.७६ अंकले घटेर ३८६.९० बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दा समग्र बजार नै राताम्मे देखिएको छ ।
आज १३ वटै उपसमूहका सूचक राताम्मे बनेका छन् । सर्वाधिक म्यानुफ्याक्चर एन्ड प्रोडक्सन समूहको शेयर ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
आज कारोबार भएका २२७ कम्पनीमध्ये १८ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६२ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतबार ४५ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँमा किनबेच भयो ।
बजार घटे पनि आज अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढेर प्रतिकित्ता १५४ रुपैयाँ कायम हुन पुग्यो । यस्तै, सर्वाधिक गुमाउनेमा गुँरास लघुवित्त र हिमालयन डिस्टिलरी रहेका छन् । यी कम्पनीको शेयरमूल्य क्रमशः ७.०९ र ६.१० रुपैयाँले घटेर प्रतिकित्ता १०७४ रुपैयाँ र ३५२६ रुपैयाँ कायम भएको छ ।
आइतबारको नेप्से चार्टअनुसार हिमालयन डिस्टिलरीको शेयरमूल्य घटे पनि सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । आज कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रुपैयाँबराबारको शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।