logo

मौद्रिक नीतिले सेयर बजारमा हरियाली

    1025   पटक पढिएको

८ साउन/अर्थ र व्यापार – मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
आइतबार नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ ।
यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ ।
कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ । युनिलिभर नेपालको सेयरमूल्य ०.३८ प्रतिशतले गिरावट हुँदा ३ वटा कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो । राष्ट्र बैंकले २५ लाखसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जौमा जोखिम भार घटाउनुको साथै कर्जाको प्रति बैंक ४ करोडको सीमा हटाउँदा लगानीकर्ताले त्यसलाई सकारात्क रुपमा लिएका छन् । जसले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कजामा प्रतिव्यक्ति एक बैंकबाट अधिकतम ४ करोडको सिमा हटाएर प्रतिव्यक्ति १२ करोडको सीमा मात्रै कायम गर्ने बताएको छ ।
त्यस्तै २५ लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने बताएको छ । उक्त नीतले राष्ट्र बैंक सेयर बजारप्रति सकारातमक छ भनने सन्देश भएकोले सेयर लगानीकर्ताको मनोविज्ञान पोजेटिभ भएको बजारका जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।