logo

सेयर बजारमा करेक्सन 

    1460   पटक पढिएको

४ माघ /अर्थ र व्यापार – यस साताको सुरुका दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा मंगलबार भने केही ’करेक्सन’ देखिएको छ । यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने परिसूचक (नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा ओर्लिएको छ । 
यसअघि आइतबार र सोमबार नेप्से परिसुचक क्रमशः ६९ र २०.६९ अंकले बढेर २९४७.४३ बिन्दुमा पुगेको थियो।
मंगलबार ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक भने १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको छ । सोमबार यस्तो सूचक ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा आइपुगेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार कूल ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से सूचक घटे पनि साताको तेस्रोदिन मंगलबार कारोबार रकम सोमबारको तुलनामा केही बढेको छ । सोमबार कूल ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका कूल २२४ वटा कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर किनबेच भएका थिए ।  मंगलबार कारोबारमा आएको ४५ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी तीनवटा कम्पनीको सेयर मूल्य यथावत् रहेको नेप्सेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।