logo

जडीबुटी उत्पादन कम्पनीले पनि आईपीओे निष्कासन गर्ने 

    1539   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । विगत तीन वर्षदेखि नाफामा गएपछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओे) निष्कासनको तयारीमा सो कम्पनी जुटेको हो । 
३ वर्षसम्म मुनाफामा गएपछि आईपीओे निष्कासन गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले चालु आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्न लागेको हो । कुनै समय घाटामा रहेको कम्पनी कर्मचारीलाई उपदान दिन बजेट नभएपछि जग्गा बेच्न बाध्य भएको थियो । कम्पनीको मुनाफाले आईपीओ निष्कासनका लागि बाटो खुलेको छ । 
सो कम्पनीका अध्यक्ष समेत रहेका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाले कम्पनी मुनाफातिर जान थालेपछि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले १ अर्ब २० करोड पुँजीको ४९ प्रतिशतसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरिने बताए । उनले अहिले संचालक समितिमा छलफल भएको जानकारि गराउँदै उनले साधारणसभाले निर्णय स्वीकृत गरेपछि अर्थको सहमति आउनुपर्छ अनि सेयर निष्कासनका लागि बाटो खुल्ने बताए । 
कम्पनीका अनुसार आव २०७५/०७६ मा पहिलो पटक कम्पनीले एक करोड ९२ लाख नाफा कमाएको थियो । आव २०७६/०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो भने आव २०७७/०७८ को अहिले लेखापरीक्षण भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थान सम्बन्धी प्रगति प्रतिवेदन अनुसार सरकारका औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडीबुटी कम्पनी नाफामा रहेका संस्थानमध्ये एक हो । कम्पनीले आव २०७६/०७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ ।
जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले २०३८ साल पुसमा कम्पनी स्थापना गरिएको थियो । स्थापनाको सुरुका वर्षमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटामा थियो । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गरेपछि कम्पनीले मुनाफा कमाउन थालेको हो । 
हाल सरकारी निकायमात्र कम्पनीको सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् ।  यो कम्पनी सरकारी सस्वामित्वमा सञ्चालित कम्पनी हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।